मणिमुकुन्द राष्ट्रिय भलिबलमा आर्मी, लुम्बिनी, कोशी र गण्डकी बिजयी

बुटवल, माघ । रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेलमा त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, बिजयी भएका छन ।

त्रिभुवन आर्मी क्लबले सोझो सेटमा मधेश प्रदेश लाई हराउदै बिजयी सुरुवात गरेको हो आर्मीले २५ १२ २५ १२ २५ १३ मा रोक्दै बिजयी भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै त्रिभुवन आर्मी क्लबका खेलाडी राजेन्द्र बिष्ट खेलको म्यान अफ द म्याच हुन सफल भएका छन । बिष्टलाई नगद सहित सम्मान गरीएको थियो ।

दोस्रो खेल लुम्बिनी प्रदेश र बाग्मती प्रदेश बिच भएको खेलमा लुम्बिनी प्रदेश बिजयी हुन सफल भएको छ । बाग्मती प्रदेशलाई खेलभरी दबाबमा राख्दै २५ २० २५ २३ २५ १९ बनाएर लुम्बिनीले सोझो सेटमा जित निकालेको हो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै लुम्बिनी प्रदेशका खेलाडी कमल गहतराज म्यान अफ द म्याच घोषित भएका थिए । उनलाई खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भटराई तिलोत्तमा नगरपालीकाकी नगर उपप्रमुख जागेश्वरीदेबी चौधरी पत्रकार महासँघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकालले नगद सहित सम्मान गरेका थिए । सुदुरपश्चिम प्रदेश र कोशी प्रदेश बिच भएको खेलमा कोशी प्रदेश बिजयी भएको छ । खेल निकै प्रतिस्प्रधात्मक चलेको थियो तर पहिलो सेट जितेको सुदुरपश्चिम प्रदेशका खेलाडीले दोस्रो तेस्रो चौथो सेटमा भने जित निकाल्न सकेन ।

कोशी प्रदेशले लगातार दोस्रो तेस्रो चौथो सेट २५,२३ , २०, २५, २८, २६, २५,१६ बनाएर जित आफनो कोल्टामा पार्न सफल भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै कोशी प्रदेशका खेलाडी बिष्णु बस्नेतलाई नगद सहित सम्मान गरिएको थियो ।

गण्डकी प्रदेश र कर्णाली प्रदेश बिच भएको खेलमा सोझो सेटमा गण्डकी प्रदेशले जित हात पारेको छ । २५ १४ २८ २६ २५ १३ बनाउदै गण्डकी प्रदेश बिजयी भएको हो । खेलमा गण्डकी प्रदेशले कर्णालीलाई खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै गण्डकी प्रदेशका उत्कृष्ट खेलाडी हरी पान्डेय लाई तिलोत्तमा नगर सभा सदस्य सुरेन्द्र श्री पुर्व जिसीअ टेक बहादुर थापा लगाएतले नगद सहित सम्मान गरेका थिए । खेल लिककम नकआउट अन्तरगत खेल चलिरहेको खेल आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भन्डारीले बताए ।

पहिलो चरणको खेल चलीरहेको उनको भनाई छ । खेलमा प्रथम हुनेले नगद २ लाख १ रुपैया सहित कप मेडल प्रमाणपत्र पाउने छन । दिृतीय हुनेले १ लाख ५० हजार १ रुपैया नगद कप मेडल प्रमाणपत्र हात पार्नेछन भने तृतिय हुनेले नगद १ लाख १ रुपैया नगद सहित कप मेडल प्रमाणपत्र पाउने छन । सान्त्वना स्थान हुनेले नगद ५० हजार १ रुपैया सहित कप मेडल प्रमाणपत्र पाउने खेल सँयोजक सुरेन्द्र गुरु·ले बताए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई बिधागत रुपमा नगद सहित मायाको चिनोले सम्मान गर्ने आयोजक क्लब मणिमुकुन्द भलिबल क्लबका बरिष्ठ उपाध्यक्ष किसन चन्दले बताए । प्रतियोगिता माघ २ गते सम्म सन्चालन हुने आयोजक क्लबले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार