१७ औ मनमोहन स्मृति फुटबल प्रतियोगितामा वडा नं ७ र ८ विजयी हुदै सेमीफाईनलमा

बुटवल, २८ माघ । बुटवलमा जारी १७ औ मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा वडा नं ७ र वडा नं ८ विजयी हुदै अन्तिम चारमा स्थान बनाएका छन । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगिताको आईतबार भएको पहिलो खेलमा वडा नं ८ ले वडा नं १३ लाई १–० गोल अन्तरले स्तब्ध पारेको हो ।

यसैगरि दिउसो भएको दोस्रो खेलमा वडा नं ७ ले वडा नं १८ लाई ४–० गोल अन्तरले पराजित गरेको हो । सिद्घेश्वरी खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक पहिलो खेलमा वडा नं ८ को जितमा क्याप्टेन निरज थापाले खेलको ५५ औ मिनेटमा एकमात्र गोल गरे । डिबक्सभन्दा बाहिरबाट प्रहार गरेको फ्रिकिकलाई उनले जाली चुमाए । वडा नं ८ का गोलकिपर किशोर थापा खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दिउसो भएको एकतर्फी खेलमा वडा नं ७ को जितमा अनुप गुरुङले खेलको ६४ र ७० औ मिनेट, सुजल झेडीले ५४ र मोहन थापाले ८० औ मिनेटमा गोल गरे । खेलमा अनुप गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भएको राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका सचिव राजेन्द्र थापाले बताए ।
प्रतियोगिता अन्तरगत सोमबार दिउँसो एकमात्र अन्तिम क्वाटरफाईनल खेल वडा नं ६ र १५ का बिचमा हुने संयोजक अमृत भण्डारीले बताए । खेलमा उपमहानगरका १८ टिमले भाग लिएका छन ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार