फुटबल फाइनलको पूर्व सन्ध्यामा ट्रफि प्रदर्शन

बुटवल । राष्ट्रिय युवा संघ नेपाल बुटवलले १७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगिताको फाईनलको पूर्व सन्ध्यामा बुटवलमा र्यालि निकालेको छ ।

बुटवलको सिद्वेश्वरी खेल मैदानबाट निकालेको र्यालि हिलपार्क, रामनगर, चिडियाखोला, ट्राफिकचोक हुँदै खेल मैदानमा पुगेर समापन भएको राष्ट्रिय युवा संघ बुटवल नगर अध्यक्ष गणेश बोहोराले जानकारी दिए । माघ २२ गतेदेखि सुरु भएको वडा स्तरीय कप फागुन ५ गते समापन हुनेछ ।

बुटवल उपमहानगरपालिकाका १८ वटा वडा सहभागी रहेको खेलमा शनिबार फाईनलमा वडा नं ६ र वडा नं ७ बिच प्रतिस्पर्धा हुने नगर अध्यक्ष बोहोराले बताए । कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज केशब रोकाले युवाहरु राजनीतिमा मात्र नभई खेलकुदको क्षेत्रमा पनि अगाडी रहेको बताए ।

युवा संघले युवाहरुलाई खेलकुदको माध्यमबाट अगाडी बढाउन बिभिन्न खालका खेलकुदका कार्यक्रमहरु आयोजना गदै आएको उनले बताए । कार्यक्रममा राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला अध्यक्ष बिकास बस्नेत लगायतका नेताहरुले आआफ्नो भनाई राखेका थिए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार